बुद्धजयन्तीमा विश्वकै ठुलो नगरा बजाइने काठेखोला ४ तङग्राम बाग्लुङमा अबस्थीत जिमाक साँस्कृतिक सङग्रहालयमा बुद्धजयन्ती अर्थात यही वैशाख १८ गते, विश्वकै ठुलो नगरा बजाइने भएको छ ।
हरेक वर्ष वुद्ध जयन्तीको अवसर पारेर बजाइदै आएको सो नगरा, सङग्रहालयले नियुक्त्त गरेका दुइ जना नगर्चीहरुले बजाउने गर्दछन । सङग्रहालयको स्रोत अनुसार, सो नगरा करिब २५० भन्दा बढी तौलको रहेको छ । साथै ७ फिट गोलाइ र उचाइ रहेको सो नगरा २०७८ सालमा गाउँकै स्थानीय कालिगढहरुले १८ दिन खर्चेर निर्माण गरेका हुन ।
बुद्ध जयन्ती विशेष मेला – २०८३ नाम दिइएको सो मेलामा विविध साँस्कृतिक कार्यक्रमहरु पनि हुने भएको छ । उक्त कार्यक्रममा हाँस्य कलाकार खबपु मगर ढुम्सी, जनगायक आरोह नेपाली, थुमराज ढुङगाना र विकास लुङगेली, प्रखर गायक दिलिप श्रीस, गायीका तथा टिओभी विजेता दोय अनिता थापा र तारा थापा, साथै स्थानीय सोरठी समुह, पन्चे बाजा समुह र आमा समुहहरुको विविध प्रस्तुतिहरु पनि रहने छन ।
साथै उक्त कार्यक्रममा दातहरुले प्रदान गरेका भोजनहरु पनि ग्रहण गरिने छ । वैशाख १८ गते, ११ बजे जिमाक साँस्कृतिक सङग्रहालय भनेर जानकारी प्रदान गरिएको छ ।