प्रस्तुत सामाग्री आषाड महिनाको अन्तिम साता काठेखोला ४ तङग्राम बाग्लुङमा कृयाशिल संस्था गाउँमैत्री अक्षयकोष न्ःब्प् को बारेमा केही सञ्चार माध्यम तथा सामाजिक सन्जालहरुमा उठेका प्रसङग, माननिय पियारी थापा द्धारा प्रेसित २०७९ आषाड २७ गतेको वक्तब्यमा उल्लेख गरिएका विषय र पियारी थापा माथी उठेका केही प्रश्नहरु संग सम्वन्धित रहेको छ ( सस्थाको अध्यक्ष अनि निज थापा र म एकै परिवारको भएकोले) ।गाउँमैत्री अक्षयकोषको बारेमा विस्तृत जानकारी कोषका संस्थागत स्मारिका ‘ गौरबमय दश वर्ष ’ (वर्ष १, अङक १, २०७८) मा उल्लेख गरिएको छ । तथापि सुरुमा कोषको बारेमा संक्षिप्त जानकारीहरु र अन्तमा अध्यक्षको तर्फवाट स्पष्टिकरण प्रस्तुत गर्न चाहन्छु ।
स्थापना:
गाउँमैत्री अक्षयकोषको परिकल्पना २०६६ सालमा म र पियारी थापा विचको प्रगतिशिल विवाहको प्रसङमा गरिएको थियो । हामीले सो कार्यक्रममा भनेका थियौं की यो कोषले कला, साहित्य तथा सङ्गीतको संरक्षण र सम्र्वद्धनमा कार्यहरु गर्नेछ । प्रारम्भमा सो कोष श्री धारा मा.वि.मा रहने घोषणा गरिएको थियो तर कार्यक्रमको प्रकृति बृहत भएकोले स्कुलको मातहतमा नराख्ने सहमति भएको थियो । २०६७ सालमा यसलाइ कार्यन्वयनमा लैजांदा हामीले तङग्राम गाउँभरीका कला साहित्य तथा सङ्गीतको क्षेत्रमा कृयाशिल व्यक्तिहरु संग छलफल र परामर्श गयौं । विगत लामो समय देखी तङ्ग्राममा भेगिए तथा राजनैतिक द्धन्द कायम थियो गाउँमा सो परिवेशको कारण बेला बेलामा गाउँलाइ एकताबद्ध वनाउनु पर्ने विचारहरु प्रकट हुने गर्दथे । यसै प्रसङगमा हामीले सो कोषलाइ वल्लो र पल्लो गाउँ विच मित्रभाव पैदा गर्दै मैत्रीपुर्ण गाउँ निर्माण गर्ने ध्येयको साथ लैजाने आम सहमति भयो । कोषको नाम ‘गाउँमैत्री अक्षयकोष’ राख्ने प्रस्ताव कमल पुन जीले गर्नु भयो सोही नाम पारित पनि भयो । गाउँमैत्री अक्षयकोषलाइ अङग्रेजीको संक्षेपमा न्ःब्प् भन्ने भनेर तुलेन्द्र पुन जीले प्रस्ताव गर्नु भयो । यसरी सो कोषको नामाकरण गाउँमैत्री अक्षयकोष (न्ःब्प्) हुन गयो । जुन कुनै राजनैतिक दलमा आस्था राख्ने भए पनि साहित्य, सङ्गीत संग सम्बन्धित जो कोही यस संस्थामा रहने पुर्व सहमति विविध कारणले कार्यन्वयन हुन सकेन । सोही अनुसार जिमाकको संस्थापक अध्यक्ष धन प्रसाद पुन र सचिव तुलेन्द्र पुन हुनु भयो । कोषको दोस्रो सचिव दिल परियारको सक्रियतामा २०६८ ÷८÷ १९ गतेको दिन गाउँमैत्री अक्षयकोष विधिगत रुपमा जिल्ला प्रशासन कार्यालय बाग्लुङमा दर्ता गर्ने कार्य सम्पन्न भयो । त्यस संगसंगै कोषले संस्थागत मान्यता प्राप्त ग¥यो । कोषको विधानतः कोषको कार्यक्षेत्र काठेखोला ४ तङग्राम साविकको तङग्राम गाविस भनेर उल्लेख गरिको छ ।
सम्पन्न कार्यक्रमहरु:
कोषले वार्षिक रुपमा त्ब्ीीभ्ल्त् इँ ख्क्ष्ीीब्न्भ् ९त्इख्० अर्थात ‘गाउँको प्रतिभा’ काार्यक्रम गर्ने निधो ग¥र्यो । सो कार्यक्रम ग्रामिण स्तरिय रियालिटी सो प्रकृतिको थियो । जुन कार्यक्रममा प्रगतिशिल गायन, नृत्य र साहित्यको गजल विद्यामा प्रत्यक्ष प्रतिस्पर्धा गराइन्थ्यो । प्रतिस्पर्धीहरुको सङख्याको आधारमा कार्यक्रम दुइ देखी तिन दिन सम्म हुने गर्दथ्यो । संस्थापक अध्यक्ष धन प्रसाद पुनको अगुवाइमा २०६७ सालमा सुरु भएको त्ब्ीीभ्ल्त् इँ ख्क्ष्ीीब्न्भ् ९त्इख्० कार्यक्रम निरन्तर रुपमा सञ्चालन हुदै गए । २०७६ सालमा त्ब्ीीभ्ल्त् इँ ख्क्ष्ीीब्न्भ् ९त्इख्० कार्यक्रमको दशौं संस्करण सहित टिओभीको पहिलो अध्याय सम्पन्न गरिएको थियो । सो कार्यक्रममा विजेता प्रतियोगीहरुको कृति प्रकाशन गरिदिने कोषको प्रावधान अनुसार टिओभी विजेता अनिता थापा, अम्बिका पुन, सुगम थापा र उषा पुनको गीत रेकर्ड भएका छन भने सुनिता पुनले गाएको गीतमा नृत्य विद्याका विजेताहरुको अभिनय तथा नृत्य सहित छायांकन भएको छ । यी बाहेक कोषले साहित्यिक तथा साङगीतिक प्रशिक्षण, स्रष्टा सम्मान, पन्चेबाजा – सोरठी गीतको प्रदर्शन तथा छायांकन, विविध अन्र्तकृया आदी कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । सो कार्यक्रममा माननिय दुर्गा पौडेल, रक्तिम अभियन्ताहरु नरायण योगी, रेम राना, टिका संगम वि.क अनि सर्जक वि.वि. अनुरागी लगायत धेरै स्रष्टा, सर्जकहरु प्रमुख अतिथिको रुपमा अनि अन्य स्रष्टाहरुको अतिथि कलाकार,वाद्यवादन, निर्णायक आदीको भुमिकामा प्रर्दापण भइसको छ । २०७८ सालमा संस्था स्थापना समयदेखीका सबै गतिविधिहरुलाइ समेटेर संस्थाको संस्थागत स्मारिका ‘गौरबमय दश वर्ष’ (वर्ष १, अङक १, २०७८) प्रकाशन गरेको छ ।संस्थाको चल अचल सम्पत्तिहरु:संस्थाले स्थापना काल देखी हाल सम्म जिन्सी तथा भौतिक सामाग्रीहरुमा उल्लेखनिय उपलब्धीहरु हांसिल गरेको छ । २०६८ सालमा साउण्ड सिस्टम खरिद गर्ने सम्बन्धी पन्च वर्षिय योजना मुताविक करिब १५ लाख बराबरको साउण्ड सम्वन्धी सामाग्रीहरु संकलन गरिएको छ । यसवाहेक टेन्ट, लाइट, बाद्ययन्त्रहरु, नृत्य पोशाक लगायतका थुप्रै प्रकृतिका जिन्सी सामाग्रीहरु कोषको मातहतमा रहेका छन । २०७५ असार १५ गते रु. ७,५०,०००÷– (सात लाख पचास हजार रुपैया) मा ३–३–१–० (३ रोपनी, ३ आना र १ पैसा) क्षेत्रफलको जग्गा खरिद गरिएको थियो । जुन जग्गा २०७६ पुस ९ गते संस्थाको नाममा पास गरिएको थियो । २०७५ असोज २८ गते प्रारम्भ गरि दश दिनको दिन मादलको प्रतिमा निर्माण सम्पन्न गरिएको छ । जसले नेपाली संस्कृतिको प्रतिनिधित्व गर्दै मगर गाउँ र मगरहरुको संस्कृतिको अर्थ पनि झल्काउँछ । २०७६ असोज १ गते कोषको कार्यालय तथा प्रशिक्षण स्थलको लागि आफ्नै लगानीमा दुइ तले पक्की भवनको शिलन्यास सम्पन्न भएको थियो । २०७६ सालको देउसी भैलोवाट प्राप्त आम्दानीले दुइ तला हवाइ ढलान सम्पन्न गरिएको थियो । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेस सरकारको सार्वजनिक माग पत्रको सुचना उपर कोषको प्रस्ताव अनुसार आर्थिक वर्ष २०७७÷७८ को बार्षिक विकास कार्यक्रम अन्तर्गत रु दश लाख वजेत विनियोजन भएको थियो । सोही रकमवाट कोषको कार्यालय भवन सम्पन्न भएको थियो भने नेपालकै ठुलो नगरा पनि निर्माण भएको थियो । साथै सो वजेतवाट विविध वाद्ययन्त्रहरु, सङ्गीत तथा साहित्य सम्बन्धी पुस्तकहरु र फर्निचर लगायतका सामाग्रीहरु खरिद गरिएको थियो । हाल सो भवनको तल्लो तलालाइ कार्यालय तथा लाइबे्ररी – संगीत प्रशिक्षण केन्द्रको रुपमा र माथिल्लो तलालाइ संग्रहनिय सामाग्रीहरु राख्ने ठाउँको रुपमा प्रयोग गरिएको छ ।संस्थाले अन्तराष्ट्रिय स्तरको वृहत सांस्कृतिक सङग्रहालय निर्माण गर्ने उदेश्य अनुरुप २०७८ पौष महिनामा रु. ६,५०,०००÷– मूल्यमा २–६–२–१ (२ रोपनी, ६ आना, २ पैसा, १ दाम) क्षेत्रफलको अर्को जग्गा खरिद गरेको थियो । पछी २०७८ फाल्गुन २ गते संस्थाको नाममा सो जग्गा पास गरिएको थियो । सोही जग्गामा गण्डकी प्रदेस सरकारको आर्थिक वर्ष २०७८÷७९ को बार्षिक विकास कार्यक्रम अन्तर्गत विनियोजित रु ५० लाखवाट जिमाक सांस्कृतिक सङग्रहालय भवन निर्माणाधिन अवस्थामा रहेको छ । गत आर्थिक वर्षको वजेतवाट तिन तला सम्मको हवाइ ढलानको कार्य सम्पन्न भइसकेको छ । भने बांकी कार्य आगामी वर्षहरुमा सम्पन्न गर्ने उदेश्य राखिएको छ । सो सङग्रहालय निर्माण पछी विश्वका सम्पुर्ण देशहरुको प्रतिनिधिमुलक वाद्ययन्त्रहरु र नेपालका सम्पुर्ण बाद्ययन्त्रहरु संकलन गर्ने उदेश्य रहेको छ । यसवाट आन्तरिक तथा बाह्य पर्यटनको आधार तयार गर्ने तथा पर्यटनको प्रवद्र्धन गर्ने उदेश्य राखिएको छ ।
सामाजिक कार्यहरु:
कोषले स्थापना वर्ष देखी नै ग्रामिण भेगमा लुकेर बसेका प्रतिभाहरुको संरक्षण र सम्वद्र्धनमा टिओभी कार्यक्रम, विभिन्न साङगीतिक तथा साहित्यिक प्रशिक्षणहरुको अलवा विविध सामाजिक तथा कल्याणकारी कार्यहरु पनि गर्दै आइरहेको छ । आर्थिक स्थिति कमजोर भएका विरामीहरुलाइ आर्थिक सहायता, पदमार्ग निर्माण, विविध मेला पर्व तथा सामाजिक कार्यहरुमा साउण्ड सिस्टम, टेन्ट, लाइट, नृत्य पोशाक आदीको सुविधा, युवाहरुलाइ खेलकुदमा सहभगी गराउने कार्य, ऐतिहांसिक सोरठी तथा पन्चेवाजाको संरक्षणको लागि छायांकन तथा प्रस्तुती, विभिन्न प्रगतिशिल लेख तथा रचनाहरु प्रकाशन, नेपाली ग्रामीण संस्कृति संग सम्बन्धीत पिङ (लोठे पिङ) तथा चमच्चा (चर्खे पिङ) आदीको निर्माण तथा संरक्षण आदी ।
कोषको नियमित कार्यक्रमहरु:
कोषको उद्धेश्य कला, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नु हो । यही उद्धेश्यहरुको प्राप्तीको लागी विगत एक दशक भन्दा बढी समय देखी संस्था कृयाशिल छ । संस्थाको नियमित कार्यक्रम त्ब्ीीभ्ल्त् इँ ख्क्ष्ीीब्न्भ् ९त्इख्० र हरेक नेपाली नयां बर्षमा नेपाली संस्कृतिको राजा बाजा अर्थात नौमति बाजा भित्रको महत्वपुर्ण बाजा नेपालकै ठुलो ‘नगरा’ (नेपालकै ठुलो भनिएको हाल काठमाण्डौं हनुमान ढोकाका रहेको नगराको ब्यास, उचाइ र तौलमा बढी भएकोले) वादन गर्ने कार्यक्रम हो । यी वाहेक समय अनुकुलताको आधारमा साहित्यिक तथा साङगीतिक कार्यशाला, प्रशिक्षण, अन्तक्रिया आदी हुन ।२०७६ सालमा सम्पन्न भएको त्ब्ीीभ्ल्त् इँ ख्क्ष्ीीब्न्भ् ९त्इख्० को दशौं संस्करणको कार्यक्रमलाइ पहिलो अध्याय भनिएको थियो । सो पहिलो अध्यायको समापन कार्यक्रममा जानकारी गराइए अनुसार अबका केही बर्षहरु भौतिक निर्माणमा प्रयास गर्ने योजना अनुसार हाल सङग्रहालय निर्माण कार्यमा संस्था लागि परेको छ । भने टिओभी को दोस्रो अध्याय केही बर्ष पछाडी देखी सुरु गर्ने योजना छ । यी बाहेक माथी सामाजिक कार्यमा चर्चा गरिए अनुुसारका कार्यहरु नियमित रुपमै चल्ने गरेको छ ।भावी योजनाहरु :
कोषको भावी योजनाहरुमा संङग्रहालयलाइ सम्पन्न गरेर देश तथा विदेशका अति प्राचिन तथा पुरातात्विक वाद्ययन्त्रहरुको संग्रह गरि बाह् तथा आन्तरिक पर्यटकहरुलाइ आकर्षित गर्ने , प्रगतिशिल कला साहित्य र संस्कृतिको संरक्षण र सम्बद्र्धनको क्षेत्रमा कामहरु गर्ने, टिओभी कार्यक्रमलाइ निरन्तरता दिने, सामाजिक सेवाको कार्यहरुमा सहभागी हुने आदी हुन ।
संस्थाका पुर्व पदाधीकारीहरु र हालको कार्यसमिति:
संस्थामा हाल सम्म धेरै पदाधिकारी तथा सदस्यहरुले योगदान दिइसक्नु भएको छ । संस्थापक अध्यक्षको रुपमा धन प्रसाद पुन र संस्थापक सचिव तुलेन्द्र पुन , पुर्व उपाअध्यक्ष त्रय पियारी थापा, देव थापा, नानुमाया वि.क., पुर्व सचिव दोय दिल परियार र अमर थापा, पुर्व कोषाध्यक्ष त्रय अनिल पुन, विमा जोल्मी र पुनम पुन, पुर्व स सचिव विष्णु आले लगायतका व्यक्तिहरुको अथक मेहनत र परिश्रमको परिणाम स्वरुप संस्थाको विकाश यो स्तरमा हुन सपmल भएको हो ।
संस्थाका वर्तमान कार्य समिति विधानतः ९ सदस्यीय रहेको छ । जसको अध्यक्ष हेमराज आश्रम, उपाध्यक्ष चइन्द्र बहादुर थापा, सचिव सुकमाया पुन, कोषाध्यक्ष अनिल पुन, सदस्यहरुमा देव थापा, गणेश जोल्मी, रमेश जोल्मी, सुनमाया वुढामगर र छममाया पुन हुनुहुन्छ ।आर्थिक स्थिति :हाल सम्म कोषको मुलधन रु. १,२०,०००÷– रहेको छ । सो मुलधन स्थापना कर्ताले प्रदान गरेको हालसम्मको जम्मा रकम हो । सुरुमा १० हजारवाट सुरु भएको सो कोष अन्य वर्षहरुमा थप गरिए संगै सो मात्रामा पुगेको हो । बाग्लुङ बजार स्थित माछापुच्छ्रे बैंकमा संस्थाको नाममा रहेको खातामा सो रकम स्थाही रुपमा रहेको छ । सो मुलधनवाट प्राप्त व्याज, साउण्ड–टेन्ट–लाइट लगायत अन्य सामाग्रीहरु भाडामा गए वापतको रकम, देश तथा विदेशमा रहेका शुभचिन्तक तथा सहयोगीहरुले प्रदान गरेका आर्थिक सहयोगहरु कोषको नियमित आम्दानीका स्रोतहरु हुन ।वर्तमान अवस्थामा संस्था क्रृणमा छ । संस्थाको नियमित कार्यक्रमहरु, पहिलो जग्गा खरिद, कार्यालय भवन निर्माण, आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी सरकारको रु १० लाखको कार्य सम्पन्न , दोस्रो जग्गा खरिद र आर्थिक वर्ष २०७८÷८९ मा गण्डकी सरकारको रु ५० लाखको कार्य सम्पन्न गर्दा सम्मको कार्यहरुमा थोरै थोरै क्रृण वेहोर्नु पर्दा क्रृणमा पर्नु परेको हो । हरेक बर्ष लेखा परिक्षण गराइ संस्था नविकरण हुदै आएको छ ।स्पष्टिकरण:
असार महिनाको अन्तिम तिर गण्डकी प्रदेशको वजेतको बारेमा सामाजिक सञ्जाल र मिडियाहरुमा विभिन्न टिका टिप्पणीहरु भए । सो प्रसङमा काठेखोला गा.पा. ४ तङग्रामको गाउँमैत्री अक्षयकोष न्ःब्प् को सङग्रहालय, माननिय पियारी थापा र म संग जोडीएर आएको प्रसङमा मात्र म केन्द्रित हुन चाहन्छु ।
पहिलो प्रसङग एक करोड बिसलाख सम्बन्धमा । मिडियावाजी मुख्य त मुख्यमन्त्री र मन्त्रीहरुले विनियोजन गरेको रकमको प्रसङगमा आए तर पछी प्रतिपक्षको नियोजित योजना अनुसार थुप्रै सभासद्हरुलाइ पनि तानियो । सो आक्रमणमा माननिय पियारी थापा पनि पर्नु भयो । ‘माननिय पियारीको अक्षयकोषलाइ १ करोड २० लाख’ शिर्षकमा बाग्लुङको अनलाइन पत्रिका आदर्श सञ्चारमा प्रकाशित समाचारवाट यो प्रसङले राष्ट्रिय रुप लियो । सो पत्रिकामा कार्यरत डम्मर वुढा जीले म अनि पियारी थापावाट संस्थाको वारेमा जानकारी लिनु भयो तर प्रकाशनमा आउँदा हामीले दिएको जानकारीहरुलाइ बङगाएर प्रस्तुत गर्नु भयो । शिर्षकको सवालमा सिधै राजनैतिक प्रतिशोध सांध्ने हिसावले बदमासी गर्नु भयो । संस्थाको लागि आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन भएको रु १० लाखको वजेटमा माननिय पियारी थापाको कुनै भुमिका थिएन । गुरुङ सरकारको पालामा सामाजिक विकास मन्त्रालयको माग सुचनाको आधारमा संस्थाले पेश गरेको प्रपोजल उपर सो वजेत विनियोजन भएको थियो । तिन आर्थिक वर्षमा भिन्दा भिन्दै प्रसङवाट विनियोजन भएको वजेटलाइ एकै ठाउँमा राखेर जसरी प्रस्तुत गरियो सो नेपालमा मौलाउँदै गरेको पित पत्रकारिताको ज्वलन्त उदाहरण थियो । यसै प्रसङगमा जसरी मुख्यमन्त्री र मन्त्रीहरुले विनियोजन गरेको वजेट सङग पियारी थापा जीले विनियोजन गरेको वजेटलाइ एकै किसिमले हेरिएको छ सो सरासर गलत छ । संस्थाको गतिविधि, उदेश्य लगायतका पक्षहरुलाइ विश्लेषण गर्दा सो कुराको पुष्टि हुन्छ । गण्डकी प्रदेशवाट हाम्रो संस्थालाइ विगत २ आर्थिक वर्षमा १० र ५० गरि ६० लाख विनियोजन भएको थियो । यो आर्थिक वर्षमा ६० लाख प्रस्ताव गरिएको थियो । सो प्रस्ताव संस्था एक्लैले गरेको प्रस्ताव थिएन । वडा अध्यक्ष जीको सिफारिस उपर रा.ज.मो. वाग्लुङको छनोटमा परि आधिकारिक रुपमा पेश गरिएको थियो । रा.ज.मो. वाग्लुङवाट जे जति योजनाहरु प्राप्त भए सोही योजनाहरु प्रदेश सरकारमा पेश भएको थियो (म पनि पियारी थापाको सचिवालयको एक सदस्य भएको सो सम्वन्धमा जानकार थिएँ) ।दोस्रो प्रसङग थियो व्यक्तिगत र पारिवारिक संस्था सम्वन्धमा । सुरुमा त के स्पष्ट गरौं भने स्थापनाको प्रसङग र परिकल्पनाको सन्दर्भ कुनै व्यक्ति विशेष सङग जोडिएला तर संस्था भने कुनै ब्यक्तिको रहंदैन । संस्था भनेकै सामुहिक पहलमा निर्माण हुने विषय हो । नेपालमा प्राय अक्षयकोष स्मृति तथा पुरस्कार वितरणमा सिमित भएको देखिन्छ । तर जिमाक नेपालमा अस्तित्वमा रहेका थुप्रै अक्षयकोषहरु भन्दा पृथक र वृहत उदेश्य बोकेको अक्षयकोष हो । सुरुमा कोषको रुपमा मात्र रहे पनि पछि जि.प्र.का.मा दर्ता भए संगै यो गैर सरकारी संस्थाको रुपमा रुपान्तरित भयो । अन्य संस्थाहरुको जस्तै यस संस्थाको पनि आफ्नै विधान छ । विधानत संस्थालाइ कुनै पनि रुपमा परिवर्तन गर्न सकिन्छ । यसको संचालन समिति, उदेश्य, कार्य क्षेत्र लगायतका अनेकौं पक्षहरु परिवर्तन हुन सक्दछन । विधानको धारा २१ ग मा उल्लेख भए अनुसार ‘कुनै कारणले संस्था विघटन भएमा संस्थाको सम्पुर्ण जायजेठा सरकारको मातहतमा जानेछ’ भनिएको छ । अन्य गैरसरकारी संस्थाहरुले गर्ने कार्य सरह यस संस्थाले पनि सो कार्यहरु गर्न सक्दछ । उदेश्य अनुरुप विभिन्न सरकारी निकाय तथा बाह् निकायहरुवाट बजेटहरु माग तथा प्राप्त गर्न सक्छ । सो अर्थमा जिमाक एउटा सानो अक्षयकोष मात्र नभएर नेपालका अन्य प्रतिष्ठित संस्थाको दर्जा सरह मान्यता राख्दछ । यसकारण यो संस्था कुनै पनि कोणवाट व्यक्तिको नठहरिने कुराको पुष्टि हुन्छ । यस कोषलाइ व्यक्ति र परिवारको मातहतमा राख्न खोजेको भए दर्ता नै गरिने थिएन । के चाही सत्य हो भने विगत २०६७ साल देखी निरन्तर रुपमा मेरो दाजु अनिल पुन लगायत अन्य आफन्तहरु र मन मिल्ने साथीहरुले यस संस्थामा उच्च स्तरको सहयोग, लगाव र परिश्रम दिएको कुरा चाही सत्य हो । अतः सङग्रहालयको निर्माणको लागि संस्थाले सरकारी निकायवाट वजेत माग तथा प्राप्त गर्नु संस्था दर्ता ऐनले सुरक्षित गरेको अधिकारको विषय हो । यसमा कुनै मानेमा पनि गलत भएको छैन ।तेस्रो प्रसङग थियो साधारण सभा विनै दश बर्ष सम्म अध्यक्ष र पियारी थापाजीको विज्ञप्तिको सम्बन्धमा । यस प्रसङगमा केही कारणहरु छन । सबै कुराहरु यहाँ प्रस्तुत गर्नु प्रासङगीक हुदैन । तथापि साधारण सभा नभएको भन्ने कुरा गलत हो । हाल सम्म पांच वटा साधारण सभाहरु सम्पन्न भएका छन । म अध्यक्ष नरहने कुरा पहिलै देखी व्यक्त भएका प्रसङग थियो । २०७६ सालको टिओभीको दशौं संस्करणको समापन कार्यक्रममा पनि अध्यक्षवाट राजिनामा दिने घोषणा गर्न लागिएको थियो तर साथीहरु तथा अतिथिहरुको सुझाबमा सो घोषणा स्थगन गरिएको थियो । अर्को कुरा म संस्थावाट बाहिर हुदां सस्थाको भविष्य के हुन्छ भन्ने सन्दर्भमा अन्य साथीहरुको तिव्र गुनासो पनि सो कार्यको बाधक थियो । संगठनको तर्फवाट अध्यक्षको पदवाट हट्ने कुराको सुचना प्राप्त भएको थियो तर सो सन्दर्भमा दुबै पक्ष विच सामाञ्जस्यताको अभावमा सो कार्य हुन सकेको थिएन । तथापि २०७९ असार २७ गते प्रेषित पियारी थापा जीको विज्ञप्तिमा उल्लेख भए अनुसार आगामी वजेतको कार्यान्वयन म अध्यक्ष पदवाट हटेपछी मात्र गरिने छ भन्ने भावको सन्दर्भमा भने समर्थन गरेको स्पष्ट गर्न चाहन्छु ।चौंथो प्रसङ थियो श्रीमान अध्यक्ष भएको कोषलाइ वजेत भन्ने । यस आरोपलाइ माथी कै कैयौं वाक्यहरुले खारेज गर्दछ जस्तो लाग्छ । नेपालमा मौलाउंदै गएको विकृत राजनैतिक संस्कृतिहरु मध्य एक के हो भने आलोचना गर्दा व्यक्ति र परिवारको कुरा उठाउने । सायद यो प्रसङगलाइ पनि सोही रुपमा लिंदा अनुपयुत्त नहोला । राजनीतिक तथा समाजसेवामा संलग्न धेरै मानिसहरु यो प्रकृतिको प्रसङवाट प्रेरित आलोचनाको सिकार भैरहेका छन । परिवारमा एक वा सो भन्दा बढी सदस्य राजनिति तथा समाजसेवामा लाग्नु भनेको अभिशाप सिद्ध जस्तै हुने गरेको छ । श्रीमानको प्रसङगलाइ सोही रुपमा बुझ्नको लागि आग्रह गर्दछु ।पांचौ प्रसङग थियो वजेतको प्राथमिकरणको । समाजमा थुप्रै आवश्यकताहरु हुन्छन । नेपाल विकासोन्मुख मुलुक भएकोले थुप्रै क्षेत्रहरुमा असिमित वजेटको आवश्यकता परिरहेको हुन्छ । ग्रामिण भेगहरुको कुरा छोडौं ठुला ठुला सहर तथा महानगरहरुमा पनि विकासका पुर्वाधारहरुमै वजेतको अभाव देख्न सकिन्छ । राज्यले वजेत वितरण सम्बन्धि निति वनाउंछ । सोही नितिको आधारमा प्राथमिकताको छनोट गरिन्छ । सोही प्राथमिकताको आधारमा वजेत वितरण गरिन्छ । वजेत वितरण गर्दा पुर्वाधार, कृर्षि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरुमा निति अनुसार बढी रकम छुट्याइएको हुन्छ भने कला, संस्कृति र साहित्य जस्ता विषयमा राज्यको न्युन प्राथमिकताको कारण ज्यादै न्युन रकम विनियोजन गरिएको हुन्छ । गण्डकी प्रदेशको सन्दर्भमा पनि सोही हो । अतः राज्यले कमदमै कम वजेट विनियोजन गर्ने क्षेत्रको वजेट पियारी थापाको पहलमा जिमाक सांस्कृतिक सङग्रहालयको लागि बाग्लुङमा जानु भनेको जिल्ला बासीको निम्ति सुखद नै हुन । यसो भनिरहंदा सङग्रहालयको लागि मात्रै बजेटको माग गरियो भन्ने होइन । पियारी थापा जीको पहलवाट अन्य धेरै शिर्षकमा करोडौंको वजेत बाग्लुङका विभिन्न ठाउँहरुमा गएको छ । सामाजिक विकास मन्त्रालयवाट विनियोजन हुने सो शिर्षकको वजेत पियारी थापा जीले पहल नगरेको भए अन्य जिल्लाको कला साहित्यको क्षेत्रमा जाने थियो । कला, साहित्य तथा संस्कृतिको नाममा विनियोजन हुने वजेट पुर्वाधार, स्वास्थ्य तथा शिक्षा आदीको क्षेत्रमा खर्चिन मिल्दैनथ्यो । तेसैले प्राथमिकताको सन्दर्भमा उठेका सवालहरु पुरै सत्य देखिदैंन ।अर्को अन्तिम प्रसङ थियो वजेतको सही कार्यन्वयनमा सन्देह । यो संवेदनशिल विषय हो । नेपालमा हरेक सामाजिक अभियन्ताहरुले नखेपी नहुने आरोप हो रकमको हिनामिना । यसवारेमा जनताहरुको ध्यानाकर्षण हुनुलाइ अन्यथा मान्नु हुदैंन तर मेरो सरोकार कहाँ नेर हो भने पहिला हर हिसाव हेर्नु प¥र्यो, चित्त नबुझे उजुरी गर्नु प¥र्यो, सो उजुरी पछीको नतिजाले प्रमाणित गरे मात्र आरोप लगाउनु प¥र्यो । यो प्रसङगमा जो जहाँवाट जे जसरी आरोप लगाइएको छ सो आरोपलाइ खारेज गर्न चाहन्छु ।अन्तमा, हामीले सुन्दर समाज बनाउने प्रयत्न गरिरहंदा सो विषयसंग जोडेर अतिरंजित तरिकाले भ्रम छर्दै संगठन र माननिय पियारी थापा प्रति गरिएको भ्रामक प्रचारवाट सम्बन्धित निकाय तथा व्यक्तिहरुको प्रतिष्ठामा पर्न गएको असर प्रति संस्थाको तर्फवाट क्षमा प्रार्थी छौं । अतः समस्त साथीहरुमा के अनुरोध गर्न चाहन्छु भने समाज हाम्रो हो , समाज बनाउने हामीले नै हो । तेसैले आफनो गाउँ – समाजलाइ कस्तो बनाउने भन्ने विषयको निर्धारण हाम्रो चासो, सरोकार, प्रयत्न र सङकल्पले गर्दो रहेछ । राजनीति, समाज र जनता आपसमा निकट सम्वन्धको जगमा उभिएको विषय रहेछ । तसर्थ सुन्दर समाज बनाउने अभियानमा जुटौं ।